बैठकमा आफ्नो प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री ओली
काठमाडौं, १३ मंसिर ।
काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो तर्फबाट राजनैतिक प्रस्ताव ल्याउने निर्धारित कार्य सूची रहेको छ ।
कार्तिक २८ गतेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बिभिन्न आरोप लगाउँदै पेश गरेको १९ पृष्ठ लामो प्रतिवेदनका सम्बन्धमा मंगसिर ३ गते बसेको सचिवालय बैठकमा आफु माथी दाहालले लगाएका आरोप खारेज गर्दै प्रधानमन्त्री ओलीले जवाफ तयार गर्न समय चाहिएको बताए पछि १० दिनको समय तय गर्दै आजलाई सचिवालयको बैठक डाकिएको थियो ।
सो अनुसार नै आज प्रधानमन्त्री ओलीले आफूमाथि अर्का अध्यक्ष दाहालले लगाएका आरोपबारे लिखित जवाफ दिनुहुनेछ । त्यसका लागि प्रधानमन्त्री ओलीले लिखित जवाफ तयार पार्नुभएको उहाँको सचिवालयले जनाएको छ । गत कार्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि अनेक आरोप लगाइएको आरोपपत्र पेस गर्नुभएको थियो । सो आरोपपत्रपछि नेकपाभित्रको विवाद अझ बढेको छ ।
त्यतिमा होइन प्रचण्डले त्यो आरोपपत्रसहितका पत्र समेटेर विधि र प्रक्रिया विपरित पुस्तक नै प्रकाशित गरेर तल्लोतहमा वितरण गरेपछि भने नेकपा भित्रको विवाद झनै चुलिएको थियो ।
यसैबिच बढेको पार्टी भित्रको विवादकै क्रममा दुई अध्यक्ष बिचको यो आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्णरुपमा हेरिएको छ ।