केआईआईटी कलेजले माग्यो माफी , कलेजका ५ कर्मचारीहरू निलम्बित | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

केआईआईटी कलेजले माग्यो माफी , कलेजका ५ कर्मचारीहरू निलम्बित

फागुन ०६ मंगलबार ।
भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी कलेजले नेपाली छात्राको मृत्यु प्रकरणमा ५ जनालाई कारबाही गरेको छ । केआईआईटी का उच्च तहका प्रशासनिक अधिकारीसहित सुरक्षागार्ड लिलम्बनमा परेका हुन।

केआईआईटीले विज्ञप्ति जारी गर्दै दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय आईआरओ का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी गराएको छ ।उनीहरूले नेपाली विद्यार्थीहरूलाई छिटोभन्दा छिटो कलेज छोड्न दबाब दिएका थिए ।

नेपाली विद्यार्थीहरूलाई सो कलेजमा फिर्ता गराउने कार्यमा सहजीकरण गर्न एउटा कन्ट्रोल रुम २४ सै घण्टा खुला राख्ने पनि कलेजको सूचनामा उल्लेख छ ।उक्त घटनामा नेपाली विद्यार्थीहरूसँग आफ्ना कर्मचारीहरूले बोलेका केही कुराहरूलाई लिएर कलेजले माफी मागेको छ । कलेजभित्र सुरक्षित वातावरण बनाइने पनि विज्ञप्तिमा जनाइएको छ ।

बुटबल घर भएकी २० वर्षीया प्रकृति लम्सालको आइतबार मृत्यु भएको थियो ।सोही कलेजमा अध्ययनरत विद्यार्थीले मानसिक यातनाका कारणले लम्सालको मृत्यु भएको भन्दै विद्यार्थीहरू आन्दोलनरत छन् ।

Leave a Reply

ताजा समाचार