एजेन्सी, १० मंसिर । पूर्व अर्जेन्टिनी फुटबलर डिएगो म्यारोडोनाको निधन भएको छ । म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो ।
अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो ।
म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।
उनी सन् २०१० को विश्वकपमा अर्जेन्टिनाको प्रशिक्षक समेत थिए।