जीप र मोटर साइकल आपसमा ठोकिदा दुईजना गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाँचथर, १५ असोज । पाँचथरमा जीप र मोटर साइकल आपसमा ठोकिदा दुईजना गम्भीर घाइते भएका छन् ।

आइतबार विहान मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ६ स्थित गुँरासे भन्ने स्थानमा भएको सो दुर्घटनामा परी स्थानीय खगेन्द्र विक्रम नेम्बाङ र रुद्रराज नेम्बाङ गम्भीर घाइते भएका हुन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरकिा अनुसार ताप्लेजुङबाट झापा तर्फ जाँदै गरेको मे १ ज २४९३ नम्बरको जिप र बा २३ प ३५३ नम्बरको मोटरसाइकल आपसमा ठोकिदा सो दुर्घटना भएको हो । जिप चालक गणेशबहादुर मुखियालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);