अबैध हातहतियार सहित १ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

अबैध हातहतियार सहित १ जना पक्राउ

मोरङ,८ मंसिर । मोरङको उर्लावारी नगरपालिका ६ बाट अबैध हातहतियार र गोली गठ्ठा सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका २ ताप्लेजुङका ३२ बर्षीय पेम्बा साङगे शेर्पा रहेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा केही ब्यक्तिहरु हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने बिशेष सूचनाका आधारमा शनिवार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले शेर्पालाई पक्राउ गरेको गरेको हो ।

पक्राउ परेका शेर्पाको साथबाट अमेरिकन पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, बिभिन्न किसिमका कागजपत्र, ३ वटा मोवाईल, व्याग ८ थान र ज्याकेट १८ थान बरामद गरेको प्रहरीले जनाएको छ।

हातहतियार र बिभिन्न दस्तावेज सहित पक्राउ परेका शेर्पा नेपाल कम्युनिष्ट पाटी विप्लव समुहका सेक्सन कमाण्डर रहेको खुल्न आएको प्रहरीले जनाएको छ । शेर्पालाई हाततियार खरखजना मुद्दामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);