एजेन्सी,८ मंसिर। अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनले मंगलबार मन्त्रीमण्डलको घोषणा गर्ने हुनुभएको छ । ह्वाइट हाउसका चीफ अफ स्टाफ रोन क्लाइनले मंगलबार नयाँ मन्त्रिपरिषदको घोषणा हुने जानकारी दिनुभयो।
क्लाइनले मन्त्रिमण्डलमा को–को पर्नेछन् भनेर जान्न मंगलबारसम्म कुर्नुपर्ने पत्रकारहरुलाई बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जानकारी दिएका छन् ।
मन्त्रिमण्डलको घोषणा राष्ट्रपति निर्वाचित बाइडेन आफंैले गर्नुहुने छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका पर्यवेक्षकहरुले थुप्रै ठाउँहरुमा मतगणना रोक्न र पुन मतगणना गराउने प्रयास गपररहेको बेला बाइडनले मन्त्रीमण्डलको घोषणा गर्नेहुनु भएको हो ।
यसअघि नै वाइडेनले आफ्नो प्रशासनमा अमेरिकाका सबै वर्गलाई उचित प्रतिनिधित्व गर्ने वाचा गरिसक्नु भएको छ ।
उहाँले डेमोक्र्याटिक पार्टी लगायत सबैलाई स्वीकार्य व्यक्तिलाई मात्र मन्त्रिपरिषदमा समावेश गरिने बताइसक्नु भएको छ । मन्त्रिमण्डलमा पूर्व संघीय अध्यक्ष जेनेट एलेन, वर्तमान फेडरल गभर्नर लेएल ब्रेनाड, सारा ब्लुम रुस्किन र एटलान्टाका फेडरल रिजर्व बैंकका अध्यक्ष राफेल बोस्टिक समावेश हुने बताइएको छ ।