बोक्सी भन्दै गाली गलौज र हातपात गर्ने ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

बोक्सी भन्दै गाली गलौज र हातपात गर्ने ३ जना पक्राउ

दाङ, २६ कार्तिक । दाङमा प्रहरीले बोक्सी भनेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । तुलसीपुरबाट १ जना र घोराहीबाट २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ संगीतनगगर बस्ने देब बहादुर परियार र घोराही उपमहानगरपालिका १६ बस्ने ४५ बर्षीया नौमती महरा र २८ बर्षीया दिपा बाठाँमगर रहेको जिप्रका दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

परियारले यहि कात्तिक १५ गते तुलसीपुर ५ बस्ने ३० बर्षीया एक महिलाई बोक्सी भन्दै गालीगलौज गर्नुका साथै हातपात समेत गरेको भनि पिडित महिलाले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी महरा र बाठाँमगरले यहि कात्तिक २१ गते घोराही १६ निबासी २ जना महिलालाई धामी,झाक्रीको भेषमा काम्दै उनीहरुको घरमा गएर बोक्सी भन्दै गाली गलौज गरेको भन्दै पिडितहरुले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको समेत खड्काले बताउनुभयो ।

साथै पक्राउ परेका ३ जना माथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);