काठमाडौं, २० कार्तिक । शेयर कारोबार साताको अन्तिम दिन बिहीबार शेयरबजार नेप्से चार दशमलब चार सात अंकले घटेर परिसूचक एक हजार ६ सय ३६ दशमलब एक सात अंकमा पुगेको छ ।
२ सय कम्पनीका ९१ लाख २३ हजार ८ सय ९६ कित्ताशेयर ३५ हजार ३ सय ३५ पटकको कारोबारबाट २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १ सय ७७ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा भने दुई दशमलब एक चार अंकको गिरावट आएको छ ।
बिहीबार कारोबार भएका १२ मध्ये ८ वटा समूहको सूचक ओरालो लागेको छ । होटल, विकास बैंक, जलविद्युत र जीवन बीमा समूहको सूचक भने उकालो लागेको छ । बिहीबार प्राईम कमर्सियल बैंकको सबैभन्दा बढीको कारोबार हुँदा शेयर कारोबारका आधारमा अरुण काबेली पावर लिमिटेड अगाडि रहेका छन ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन ।