फ्रान्समा आक्रमणकारीद्वारा अन्धाधुन्ध चक्कु प्रहारः तीन जनाको मृत्यु, आक्रमणकारी प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

फ्रान्समा आक्रमणकारीद्वारा अन्धाधुन्ध चक्कु प्रहारः तीन जनाको मृत्यु, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

एजेन्सी, १४ कार्तिक । फ्रान्सको निस शहर स्थित चर्चमा आक्रमणकारीले अन्धाधुन्ध चक्कु प्रहार तथा धारिलो हतियारले आक्रमण गर्दा तीनजनाको ज्यान गएको छ ।

आक्रमणकारी केही दिनअघि मात्रै ट्यूनिसियाबाट आएको र अन्धाधुन्ध हतियारले आक्रमण गर्दा दुई महिला र एक पुरुषको हत्या गरेको बताइएको छ ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलका अनुसार आक्रमणकारीलाई समेत प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागेको र अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारीसँग इटालियन रेडक्रसको कागजात रहेको जनाइएको छ ।

आप्रवासी पानी जहाजबाट इटालीको लाम्पेदुसामा गएको महिना पुगेपछि ती व्यक्तिले रेडक्रसको कागजात पाएको बताइएको छ ।

घटनापछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले इस्लामिक आतंकवादी आक्रमण रहेको बताउनुभएको छ । साथै सार्वजनिक स्थानमा सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको तैनाथी बढाइएको राष्ट्रपति म्याक्रोँको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);