रौतहटैं, ११ असोज । रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर १, जेठरहिया टोलमा निर्माणाधीन शौचायलको सेप्टि ट्यांकीमा निस्सासिएर तीन जनाको मृत्यु भएको छ ।
मुत्यु हुनेमा रौतहटको परोहा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय मुन्ना बैठा, सोही स्थानका ३५ वर्षीय विजय बैठा र देवाही गोनाही नगरपालिका वडा नम्बर २ का ३० वर्षीय नागेश्वर माझी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सेप्टी ट्यांकीभित्र बेहोस भएका उनीहरुको गौर जिल्ला अस्पताल रौतहटमा उपचारका क्रममा मुत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।




