गुल्मीमा वडा अध्यक्षसहित १२ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०७९, बिहीबार

गुल्मीमा वडा अध्यक्षसहित १२ जुवाडे पक्राउ

गुल्मी, ११ कार्तिक । गुल्मीमा सोमबार राति साढे ११ बजेको समयमा विशेष सुराकीको आधारमा प्रहरीले छापा मारेर १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय गुल्मीको टोलीले सदरमुकाम तम्घासमा रहेको एभरग्रीन होटलमा छापा मार्दा वडा अध्यक्षसहित १२ जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेसहित जिल्लाको गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका १२ जना प्रकाउ परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ ।

Leave a Reply