बालिका बेचविखनको आरोपमा दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बालिका बेचविखनको आरोपमा दुई जना पक्राउ

pakrau

काठमाडौं, ८ पुस । नुवाकोटको तादी गाउपालिका वडा नं.२ मा बालिका बेचविखन गरेकोे आरोपमा २ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेहरुमा साविक रालुका गाविसका २५ वर्षिय कान्छा तामाङ र बुद्दिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका डिएसपी भिमलाल भट्टराईले बताए । उनीहरुलाई पिडितका दिदिले पदएको जाहृरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यmय नुवाकोटले जनाएको छ । पिडित बालिकाहरु सानु र कान्छी (परिर्वर्तित नाम) लाई बिभिन्न प्रलोभन देखाई,लगाईफकाई गरी भारत तर्फ बेच्ने र बेश्यावृतिको काममा लगाउने उदेश्यले घरबाट फोन मार्फत बोलाई लैजादै गरेको अवस्थामा प्रहरीको चेक जाँचको क्रममा पक्राउ गरिएको प्रहरी नायव निरिक्षक भट्टराईले जानकार िदिए ।

उनीहरुलाई वडा नं.५ दोर्खु पुल नजिकको जंगलको सडकबाटोमा फेला पारी उद्दार गरिएको र तामाङद्धयलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा मानवबेच बिखन तथा ओसारपसारको मुद्दा दर्ता गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको नुवाकोट प्रहरीका डिएसपी भट्टराईले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);