आज नेप्सेमा ८ दशमलव ५४ अंकको बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आज नेप्सेमा ८ दशमलव ५४ अंकको बृद्धि

बिहिबार, ६ कार्तिक । साताको पाचौ दिन बिहिबार नेप्से ८ अंकले बढेको छ । नेप्से ८ दशमलव ५४ अंकले बढेर १,६०६ दशमलव २५ को विन्दुमा कायम भएको छ । होटल, हाईड्रोपावर, जीवन बीमा र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा १ सय ८७ कम्पनीको ६४ लाख ५७ हजार ८ सय ३३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कुमारी बैंकको १४ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । एनआईसी एशिया बैंकको ९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाईड्रोका लगानीकर्ता लगानीकर्ताले ३ दशमलव ६१ प्रतिशतका दरले गुमाएका छन् भने रैराङ हाईड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);