बिहिबार नेप्सेमा सामान्य सुधार,१ दशमलव २९ अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बिहिबार नेप्सेमा सामान्य सुधार,१ दशमलव २९ अंकले बढ्यो

काठमाडौं, २९ असोज । आज नेप्से सामान्य अंकले बढेको छ । नेप्से १ दशमलव २९ अंकले बढेर १,५६२ दशमलव ४६ को विन्दुमा कायम भएको छ । बैंकिङ्, टे«डिङ, हाईड्रोपावर, म्युचुअल फण्ड र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ ।

दिनभरिमा १ सय ९६ कम्पनीको ४९ लाख ९४ हजार ३ सय ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । शिव्म सिमेन्ट्सको ६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल फाइनान्सका लगानीकर्ताले आज ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, जनरल इन्स्योरेन्स लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै गुराँस लघुवित्तका लगानीकर्ताले ५ दशमलव २१ प्रतिशतका दरले गुमाएका छन् भने आँखु खोला हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ०८ प्रतिशतका दरले गुमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);