कम्बोडियामा आएको बाढीका कारण २६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कम्बोडियामा आएको बाढीका कारण २६ जनाको मृत्यु

एजेन्सी, २ कार्तिक । कम्बोडियामा आएको बाढीका कारण २६ जनाको मृत्यु भएको छ भने २६ हजार भन्दा बढी सर्वसाधारण घरबारविहीन भएका छन् । बाढीका कारण सयौं हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट गरेको बताइएको छ ।

वर्षा अझै केही दिन लम्बिने भन्दै सरकारी अधिकारीहरुले सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेका छन् । बाढीबाट प्रभावितहरुको उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

वर्षाका कारण २५ वटा भन्दा बढी सहरका भौतिक संरचनामा क्षति पु¥याएको छ भने करिब २ लाख ५० हजार मानिस प्रभावित भएका छन् । बाढी प्रभावित क्षेत्रमा रहेकाहरुको उद्धार तथा पुनस्र्थापनाको काम जारी रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

कम्बोडियामा हरेक वर्ष अगस्ट र अक्टोबरमा आउने बाढीका कराण हजारौं नागरिक प्रभावित हुने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);