खाद्य संस्थानले ल्याएका सबै खसी-बोका बिक्री भएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

खाद्य संस्थानले ल्याएका सबै खसी-बोका बिक्री भएनन्

काठमाडौँ, १० असोज । नेपाल खाद्य संस्थानले ल्याएका सबै खसी बोका बिक्रि भएका छैनन् । संस्थानले अहिलेसम्म ८४५ खसी तथा बोका र ५७७ च्याङ्ग्रा बिक्री गरेको छ ।

दशैँका बेलामा मासुको मूल्य नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यका बाहिरबाट १ हजार ८४३ खसी, बोका तथा च्याङ्ग्रा ल्याएकामा सबै बिक्री भएका छैनन् ।

संस्थानले दाङ र हेटौँडाबाट १ हजार ५०० खसी तथा मुस्ताङबाट १ हजार च्याङ्ग्रा ल्याउने भने पनि बिक्री नभएपछि थप ७०० खसी, बोका तथा च्याङ्ग्रा ल्याएको छैन ।

संस्थानले प्रतिकिलो बोका ४५०, खसी ४५५ र च्याङ्ग्रा ६७५ मूल्य निर्धारण गरी यही असोज ५ गतेदेखि आजसम्म बिक्री वितरण शुरु गरेको थियो ।

बिक्री नभएका करिब ४०० खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्न अष्टमीसम्म समय अवधि थप गरिएको संस्थानका वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);