राजधानीमा सामानको मूल्यमा अत्याधिक बृद्धिका कारण उपभोक्ता मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

फूलमाया आले, काठमाडौं, १० असोज ।  नेपालीहरुको मुख्य चाड बडा दशैं सुरु भएसँगै राजधानीमा किनमेल गर्नेको घुँइचो लागेको छ । चाडबाडको बेला माग बढेपछि व्यापारीहरुले लत्ता कपडा, श्रृङ्गारका सामाग्री लगायतका सामानको मूल्यमा अत्याधिक बृद्धि गरेका छन् । जसका कारण उपभोक्ता मारमा परेका छन् ।

दशैंको रौनक सुरु भएसँगै बजारमा लत्ता कपडा, श्रृङ्गारका सामाग्रीहरुको मूल्यमा समेत उच्च बृद्धि भएको छ । व्यापारीहरुले छुटको नारा दिए पनि उपभोक्ता भने वास्तविक मूल्यको कयौंगुणा बढी तिर्न बाध्य छन् ।

व्यापारीहरुले भने भन्सारमा कर महङ्गो भएको कारण सामानको मुल्य बढी भएको बहाना बनाएका छन् । साथै विगत वर्षको तुलनामा यो वर्ष व्यापार कम भएको उनीहरुको भनाइ छ ।

चाडवाडकै मौका पारेर कालोबजारी गर्नेहरुको सङ्ख्या पनि बढेको छ । अत्यावश्यक वस्तुको मूल्य निश्चित नहुँदा सर्वसाधारणहरु चर्को मूल्य तिर्न बाध्य छन् । यसप्रति सरोकारवालाको ध्यान जाओस ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);