काठमाडौं, २९ असोज । पछिल्लो समय अधिकांश अस्पतालहरुमा कोरोनाका नयाँ संक्रमित बिरामी संख्या बढेका छन्। एकातिर नयाँ संक्रमितको संख्या बढ्दै छ ।
अर्कोतिर एकपटक कोरोनाको संक्रमण भएर निको भइसकेका व्यक्तिमा पुनः संक्रमण हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको छ । स्वास्थ्य मापदण्डको अभावमा पुनः संक्रमितको जोखिम बढेको हो ।