माओवादीसँग सम्बन्ध सुधार गरेर अघि बढ्न एमाले तयार : नेपाल | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

काठमाडौं, १० असोज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी केन्द्रसँग सम्बन्ध सुधार गरेर जान आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

वरिष्ठ नेता नेपालले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पनि माओवादी केन्द्रसँग तालमेल गरेर जान आफ्नो पार्टी तयार रहेको बताए ।

मंगलबार चितवनको भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ संक्षिप्त कुराकानी गर्दै उनले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कुनै एउटा दलले मात्रै सरकार बनाउने अवस्था नरहेकाले आफ्नो पार्टीले बामपन्थी दलहरुबीच चुनावी तालमेल गर्न चाहेको स्पष्ट पारे ।

वरिष्ठ नेता नेपालले प्रतिनिधि सभा निर्वाचनमा आफूले रौतहट वा काठमाडौं मध्ये कुनै एउटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);