टोकियो ओलम्पिकको टर्च र्‍याली फेरी सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

टोकियो ओलम्पिकको टर्च र्‍याली फेरी सुरु

एजेन्सी, १५ असोज । कोरोना भाइरसका कारण स्थगित भएको टोकियो ओलम्पिकको टर्च र्‍याली फेरी सुरु गरिने भएको छ । अन्तराष्ट्रिय ओलम्पीक कमिटी आइओसीले र्‍याली जापानको फुकुशीको जे भिलेजबाट सुरु हुने योजना रहेको बताएको छ ।

सन् २०२१ मा हुने टोकियो ओलम्पिक अगाडी सो टर्च र्‍याली १ सय २१ दिनसम्म घुमाइने भएको हो । जसमा सो टर्चलाइ ४७ वटा प्रान्तमा लगिनेछ । यो वर्षको सुरुवातमा नै सो टर्च र्‍यालीलाई एथेन्सबाट विशेष विमानमा जापान पुर्‍याएको छ ।

कोरोनाका कारण एक वर्ष स्थगित भएको टोकियो ओलम्पिक २०२१ को जुलाई २४ देखि अगष्ट नौ तारिखसम्म हुने भएको छ । आइओसीले पछिल्लो पटक जानकारी दिए अनुसार २०२१ को जुलाई नौ तारिखमा टर्च टोकियो पुग्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);