अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सल्लाहकार हिक्सलाई कोरोना | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सल्लाहकार हिक्सलाई कोरोना

एजेन्सी, १६ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सल्लाहकार होप हिक्सलाई कोरोना भाइरस संक्रमण भएको छ ।

सल्लाहकार हिक्सलाई कोरोना संक्रमण पुष्टि भएसँगै राष्ट्रपति ट्रम्पले समेत कोरोना परीक्षण गराउनुभएको छ ।

साथै राष्ट्रपति ट्रम्पले श्रीमती मेलानियाको समेत बिहीबार बेलुकी कोरोना परीक्षण गराएको बताउनुभएको छ । आफूहरू क्वारेन्टिनमा बस्ने नबस्नेबारे आफूलाई थाहा नभएको भन्दै राष्ट्रपति ट्रम्पले परीक्षण रिर्पोट आएपछि थप निर्णय लिने बताएका छन् ।

बीबीसीका अनुसार पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै स्थानमा राष्ट्रपतीय चुनावी बहसका कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);