काठमाडाैं, १४ असाेज । सांसदहरुले १६ वर्ष मुनिका बालिकामाथि बलात्कार गरी हत्या गरेको प्रमाणित भए मृत्युदण्ड सम्मको सजाय दिने सम्बन्धमा बहस आवस्यक रहेको बताएका छन् ।
संसदको महिला तथा समाजिक समितिको बुधबारको बैठकमा महिला विरुद्ध हुने हिंसा, हत्या, बलात्कार सम्बन्धी घटना र कानून कार्यान्वयनमा देखिएका समस्या’ विषयमा छलफल गर्दै सांसदहरुले उक्त कुरा बताएका हुन । उनीहरुले संविधानले मृत्युदण्डको परिकल्पना नगरेको अवस्था र नेपालले अन्तर्राष्ट्रिय महासन्धीमा हस्ताक्षर गरेको भएपनि मृत्युदण्ड दिने नदिने विषयमा छलफल आवस्यक रहेकोमा जोड दिए ।
यसैगरी सांसदहरुले बलात्कार जस्तो जघन्य अपराधपछि पीडक अलिकति दण्ड सजाय भोगेपछि पुनः ठाडो शिर लगाएर हिंडन सक्ने,तर पीडित झन पीडित हुने स्थितिको अन्त्य हुनको लागि पनि कडा भन्दा कडा कारबाहीको व्यवस्था गरी कानून निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।