अर्मेनिया र अजरबैजानबीच भिडन्तः २३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

अर्मेनिया र अजरबैजानबीच भिडन्तः २३ जनाको मृत्यु

एजेन्सी, १२ असोज । पश्चिम एसियाली देश अर्मेनिया र अजरबैजानबीच सीमा विवादलाई लिएर भएको भिडन्तमा २३ जना मारिएका छन् ।

पूर्व सोभियत युनियनका दुई देशबीच विवादित नागोर्नो–काराबाख क्षेत्रलाई लिएर आइतबार भिडन्त भएको हो ।

भिडन्तमा दुवै पक्षले आ–आफ्नोतर्फ मानवीय क्षति भएको जनाएका छन् । उक्त क्षेत्रमा १६ जना अर्मेनियाली पृथकतावादी लडाकूहरु मारिनुका साथै १ सय जना घाइते भएको उक्त समूहले जनाएको छ ।

यस्तै, अर्मेनियाली पृथकतावादीको आक्रमणमा आफ्ना ७ जना अजरबैजानी नागरिक मारिएको अजरबैजानका अधिकारीहरुले जनाएका छन् । तनावपछि अर्मेनिया, अजरबैजान र अर्मेनियानियन्त्रित नागोर्नो काराबाख क्षेत्रमा सैनिक कानुन लागू गरिएको छ भने अजरबैजानले आफ्ना सेनालाई परिचालित हुन निर्देशन दिएको छ ।

विवादित क्षेत्रमा अर्मेनियाका नागरिकले बसोबास गरे पनि अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको जमिन भएको उल्लेख गरिएको छ । यसैबीच, संयुक्त राष्ट्रसंघले दुवै मुलुकलाई तत्काल युद्धविराम गर्न आग्रह गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);