काठमाडौं, ११ असोज । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ । अध्यक्षद्वय ओली र दाहालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल भएको हो । दुबै अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा गत बिहिबार र शुक्रबार पनि छलफल भएको थियो ।
अध्यक्षद्धयबीचको छलफलसँगै एक–दुइदिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन हुने बताइएको छ । गतहप्ता बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रस्ताव गरेको थियो । बैठकले नै मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो ।
अध्यक्षद्धयबीचको छलफल सकिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा अहीले मन्त्रिपरिषद बैठक बसिरहेको छ । मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाउनु भएको हो ।मन्त्रिपरिषद पुनर्गठनको चर्चा चलिरहेको बेला बोलाइएको आकस्मिक बैठकलाई चासोपूर्वक लिइएको छ ।