नयाँ दिल्ली, ९ असोज । भारतमा धर्मगुरुको नाममा आपराधिक काममा संलग्न भएका बाबा रामरहीम यतिखेर २० वर्षको जेल सजाय काटिरहेका छन् भने उनका सबैभन्दा नजिक रहेकी धर्मपुत्री हनीप्रित भने फरार छिन् ।
रामरहीम बारे एकपछि अर्को कर्तुतको पर्दाफास भईरहेको बेला अब रामरहीम र हनीप्रित बारे फिल्म समेत बन्ने भएको छ । फिल्ममा हनीप्रितको भुमिकामा अभिनेत्री राखी शावन्त देखिँदै छिन् ।
फिल्ममा स्टार रामरहीम देखि जेल चलानसम्मको कहानी समेटिनेछ । राखीले एक अन्तर्वार्ताको क्रममा विगत चरावर्षदेखि रामरहीम र हनीप्रितसँग आफ्नो चिनजान रहेको बताएकी छिन् ।
अन्तर्वार्ताको क्रममा राखीले आफू र रामरहीमबीचको सम्बन्धका कारण हनीप्रितले डाह गर्ने समेत खुलासा गरेकी छिन् ।