वीरगञ्ज, ९ असोज । गुणस्तरिय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको लागि १९ औं पटक सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा शुक्रबार वीरगञ्जको घण्टाघरमा नेविसंघले प्रदर्शन गरेको छ ।
सरकार आफ्नो नियत सच्याउ गोबिन्द केसीलाई तुरुन्त बचाउ, डा. केसीको अनसन मेडिकल माफियालाई टेनसन लगायतको नारा लेखिएको प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागिहरुले जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि भएको अभद्र व्यवहार बिरोधसमेत गरेका छन् ।
नेपाली विद्यार्थी संघ पर्साको आयोजनामा भएको शान्तिपूर्ण प्रदर्शनमा नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, दिना प्रसाद गुप्ता, प्रकाश उपाध्या, श्याम पटेल, रोशन लामिछाने, धरमेन्द्र पटेल, बैकुण्ठ श्रीवास्तव, नेवि संघका नेता सुधीर पटेल, विश्वास द्विवेदी, विवेक कलवार, जितेन्द्र मिश्रा, इङ्राशन यादव, मन्जिव मिश्रा, सुरेन्द्र प्रजापती लगायतको नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।





