पाल्पा, ९ असोज । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका पाँच जना मध्य तीन जनाको शब शुक्रबार भेटिएको छ ।
रम्भा गाउँपालिका २ फोक्सिङकोटका १७ बर्षिय कृष्णमाया गाहा,१४ बर्षिय खुमिसरा आले र ८ बर्षिय लक्ष्मी गाहाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो ।
बेपत्ता अन्यकोे उद्धार गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।