प्राङ्गारिक मलको बजार व्यवस्थापनमा समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्राङ्गारिक मलको बजार व्यवस्थापनमा समस्या

हाल विभिन्न संस्थाहरुले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आएपनि बजार व्यवस्थापनमा भने समस्या देखिएको छ ।

‘फोहोरलाई मोहर’मा परिणत गर्ने उद्देश्यका साथ पर्याप्त मात्रामा बायोग्यास र प्राङगारिक मल उत्पादन भएपनि बजार अभावको समस्या भएको हो ।

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको छैन । बजार अभाव हुँदा कास्कीको गण्डकी उर्जा कम्पनीले उत्पादन गरेको प्राङगारिक मल र बायोग्यास विक्रि हुन सकेको छैन ।

कम्पनीले निरन्तर खेर गएको फोहोरलाई प्रयोग गरि अग्र्यानिक मल उत्पादन गर्दै आइरहेको छ । दैनिक ४५ टन फोहोरलाई प्रशोधन गरि दिनको ५ देखि ७ टनसम्म उत्पादन गर्ने क्षमता भएको कम्पनीको दाबी छ ।

कास्कीमा अहिले ३ वटा प्राङग्रारिक मल उत्पादन गर्ने कम्पनी रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);