भारतीय केन्द्रीय मन्त्री हरसिमरत काैर बादलद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भारतीय केन्द्रीय मन्त्री हरसिमरत काैर बादलद्वारा राजीनामा

एजेन्सी, २ असोज । भारतको केन्द्रीय मन्त्री हरसिमरत कौर बादलले राजीनामा दिनुभएको छ । बिहीबार भारत सरकारले कृषि सम्बन्धि अध्यादेश ल्याएपछि केन्द्रीय मन्त्री एवं शिरोमणि अकाली दलकी सांसद बादलले मोदी सरकारको क्याबिनेटबाट राजीनामा दिनुभएको हो ।

बीजेपीकी सहयोगी समेत रहनुभएकी अकालीले दलकी सांसदले अध्यादेशको विरोधमा राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मन्त्री कौरले किसान विरोधी अध्यादेश तथा कानुनको विरोधमा केन्द्रीय मन्त्रीमण्डलबाट राजनीनामा दिएको समाजिक संजाल ट्विटमार्फत समेत जानकारी गराउनु भएको छ । साथै उहाँले किसानको छोरी र बहिनीका पक्षमा उभिंदा गर्व लागेको उल्लेख गर्नुभएको छ ।

अध्यादेशले भारतका २० लाख किसानलाइ प्रत्यक्ष असर पर्ने बादलेको दाबी छ । बिहीबार लोकसभामा बिल पेश भएसंगै शिरोमणि दलका सांसद सुखबीर सिंह बादले समेत सदनमै विरोध जनाउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);