युवाहरु मेवा खेतीतर्फ आकर्षित हुँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

युवाहरु मेवा खेतीतर्फ आकर्षित हुँदै

विकास डाँगी
दाङ, २९ भदौ ।
उच्च शिक्षा हासिल गरेका युवाले कृषि क्षेत्रमा चासो नदिइएरहेको बेला दाङमा उच्च शिक्षा हासील गरेका युवाहरु व्यवसायिक कृषी पेशामा आकर्षित हुदै गरेको पाइएको छ । माछापालन, रेशमखेती, पशुपालन, तरकारी खेती लगायत रेडलेडी जातको ताइवानी मेवा खेतीमा दाङका युवाहरु व्यवसायीक रुपमा लागेका हुन् ।

दाङमा रेडलेडी जातको ताइवानी मेवा खेती व्यवसायिक रुपमा गर्न थालिएको छ । घोराही उपमहानगरपालिका १० नारायणपुरका कानून व्यवसायी कुलबहादुर डाँगी र शिक्षण पेशामा संलग्न तुलसीराम केसीले करीब २५ लाखको लागतमा अढाई बिगाह जमिन भाडामा लिएर रेडलेडि जातको ताईवानी मेवा खेती सुरु गर्नु भएको हो ।

स्वास्थ्यको हिसावले पनि फाइदाजनक मानिएको यो मेवाको बजार सम्भावना राम्रो देखेपछि व्यवसायीक खेतीमा लागेको उहाँहरुको भनाई छ । प्रदेश नम्बर ५ मै सबैभन्दा ठुलो क्षेत्रफलमा मेवा खेति गरीएको व्यवसायमा लागेका तुलसीराम केसीको दावि छ ।

२ जनाको लगानीमा सुरु गरिएको व्यवसायिक रेडलेडि जातको मेवा घरमै बेर्ना उत्पादन गरी नारायणपुरको बिपी बाटिकाको जग्गा भाडामा लिएर खेति गरिएको हो । एउटा बोटमा प्रतिबर्ष ५० देखि १ सय किलोसम्म मेवा फल्ने र एउटै बोटलाई ४ बर्ष सम्म प्रयोगमा ल्याई फल फलाउन सकिने भएकाले व्यवसायिक रुपमा यो खेति सुरु गरीएको हो ।

दाङमा प्रति किलो ५० रुपैयामा बिक्रि हुनेउक्त मेवा जिल्ला बाहिर १ सय २० रुपैया सम्म बिक्रि हुने गरेको छ । एउटा मेवाको तौल सवा २ देखि ३ केजि सम्म हुन्छ । मेवाको माग दाङमा मात्र नभई बाह्य जिल्लामा पनि हुने गरेको छ । मेवा धेरै प्रकारको रोगको औषधिको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । त्यसैले यस्ता नँया प्रकारका कृषि खेतिलाई सरकाले प्रबद्र्धन गर्न जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);