आईसीसी टी–ट्वान्टी वरीयतामा नेपाल यथावत स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

आईसीसी टी–ट्वान्टी वरीयतामा नेपाल यथावत स्थानमा

काठमाडौं, २४ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । आईसीसीले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको हो ।

नयाँ वरीयतामा नेपाल २३ खेलमा १ सय ८० रेटिङ अंक सहित १५ औं स्थानमा रहेको छ । नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ ।

स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् । यस्तै अष्ट्रेलिया टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा फर्किएको छ । इंग्ल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टी–ट्वान्टीमा ५ विकेटको जित निकालेसँगै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो ।

सिरिज अन्तर्गत नै अघिल्ला दुई खेलमा जित निकालेपछि इंग्ल्यान्ड वरीयताको शीर्ष स्थानमा रहेको थियो । अष्ट्रेलियाको २२ खेलमा २ सय ७५ रेटिङ अंक छ । दोस्रो स्थानको इंग्ल्यान्डको समान खेलमा २ सय ७१ रेटिङ अंक रहेको छ । यस्तै नयाँ वरीयतामा भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);