ब्याडमिन्टन खेलका सामाग्रीको अनियमितता छानबिन गर्न १५ दिन म्याद थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ब्याडमिन्टन खेलका सामाग्रीको अनियमितता छानबिन गर्न १५ दिन म्याद थप

काठमाडौं, २४ भदौ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा भएको अनियमितता छानबिन गर्न गठित उपसमितिको म्याद १५ दिन थपिएको छ । उपसमितिलाई तोकिएको २१ दिनको समय सिमा सकिएपछि पुनः १५ दिन म्याद थपिएको हो । सागमा ब्याडमिन्टनको म्याट र खेलाडीको जुत्तामा अनियमितता भएको विषयमा चौतर्फी आलोचना भएको थियो ।

यस बिषयमा छानबिन गर्न राष्ट्रिय खेलकूद परिषद राखेपका बोर्ड सदस्य समेत रहनु भएका गोबिन्द भट्टराईको नेतृत्वमा उपसमिति गठन भएको थियो । उपसमितिलाई २१ दिन भित्र प्रतिवेदन बुझाउनु भने पनि राजधानीमा जारी निषेधाज्ञाका कारण अझै पूरा भएको छैन ।

उपसमिति संयोजक भट्टराईले केही बयानहरु लिन बाँकी रहेको भन्दै बाँकी प्रमाण जुटाउने काम अन्तिम चरणमा पुगेको र थप गरिएको म्यादमा पुरा हुने बताउनुभयो । २१ दिने समय सिमामा भट्टराई नेतृत्वको ५ सदस्यीय उपसमितिले प्रारम्भिक चरणको गृहकार्य सम्पन्न गरेको जनाएको छ । बयान लिनुपर्ने व्यक्तिहरु केही उपत्यका बाहिर भएकाले समय लागेको भट्टराइको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);