सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न ७ वटा सीमा सुरक्षा पोष्ट स्थापना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न ७ वटा सीमा सुरक्षा पोष्ट स्थापना

इलाम, १७ भदौ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण र सीमानाको सुरक्षाका लागि मंगलबार इलामका २ स्थानमा शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ ।नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटरमा ७ वटा सीमा सुरक्षा पोष्ट स्थापना गर्ने निति अनुसार इलाममा सुरक्षा पोष्ट स्थापना भएको हो ।

इलामको रोङ गाउँपालिको सलकपुर र सूर्योदय नगरपालिकाको समाल्बुङमा सुरक्षा पोष्ट राखिएसँगै शान्ति सुरक्षामा सुदृढ हुने जनप्रतिनिधिले विश्वास लिएका छन् । शसस्त्र प्रहरीको २ वटा पोष्ट थपिएसँगै इलामको सीमा क्षेत्रमा ३ वटा सीमा सुरक्षा पोष्ट भएका छन् । एक वर्ष अघि सीमा क्षेत्रको पशुपतिनगरमा सरकारले सीमा सुरक्षा पोष्ट स्थापना गरिएको थियो ।

सीमित साधन श्रोत भएपनि सरकारको निर्णय अनुसार सबै स्थानमा सुरक्षा पोष्ट स्थापना गर्ने शसस्त्र प्रहरी बल प्रदेश एकका बाहिनिपति बंशीराज दाहालले बताउनुभयो । इलामको पशुपतिनगर, छब्बिसे, समाल्बुङ, सकलकपुर, कालपोखरी, जौबारी र मानेभञ्ज्याङ्गमा सीमा सुरक्षा पोष्ट राख्ने सरकारी निर्णय छ । त्यस्तै पाँचथर र झापाका बिभिन्न स्थानमा समेत बिओपी राख्ने तयारी भइरहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);