इंग्ल्यान्ड र जर्मनीबीच अक्टोबर २७ मा मैत्रीपूर्ण खेल हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इंग्ल्यान्ड र जर्मनीबीच अक्टोबर २७ मा मैत्रीपूर्ण खेल हुने

एजेन्सी,१५ भदाै । इंग्ल्यान्डको महिला फुटबल टिमले जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । इंग्ल्यान्ड फुटबल एशोसियशन एफएले सोमबार महिला टिमले अक्टोबरमा जर्मनीसँग खेल्ने पक्का भएको जनाएको हो ।

जर्मनीमा हुने उक्त मैत्रीपूर्ण खेल आगामी अक्टोबर २७ मा हुनेछ । इंग्ल्यान्ड र जर्मनीबीचको खेल बन्द रंगशालामा हुने बताईएको छ ।कोरोना भाईरसको महामारीको कारण इंग्ल्यान्डको महिला टिमले गत मार्चबाट कुनैपनि खेल खेलेको छैन ।

इंग्ल्यान्डले जर्मनीसँग पछिल्लो पटक गत नोभेम्बरमा खेलेको थियो । इग्ल्यान्डको वेल्बलीमा भएको उक्त खेलमा जर्मनीले २–१ गोल अन्तरको जित निकालेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);