कोरोना संक्रमणबाट वीरगञ्जमा थप ३ जनाको मृत्यु, मृतकको संख्या ४५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

कोरोना संक्रमणबाट वीरगञ्जमा थप ३ जनाको मृत्यु, मृतकको संख्या ४५ पुग्यो

वीरगञ्ज, ११ भदौ । वीरगञ्जमा एक गर्भवती महिलासहित तीन जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी बारा जिल्लाको हर्दिया वडा नम्बर ४ की २३ वर्षीय महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भदौं ८ गते अस्पताल भर्ना गरिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिनु भयो ।

त्यसैगरि भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको छ । उहाँमा निमोनियाको समस्या थियो । पीसीआर परिक्षण पाजेटिभ आएपछि कोभिड अस्पतालमा सार्ने तयारी गर्दा उहाँको मृत्यु भएको प्रवक्ता डा. चौरसियाले बताउनु भयो ।

यसैगरी वीरगञ्ज महानगरपालिका वडा नं १४ बहुवरी निवासी ६२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण बिहीबार बिहान मृत्यु भएको नारायणी अस्पतालमा सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिनु भयो । उनको कोभिड बिशेष अस्पताल गण्डकस्थित हेल्थ केयर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);