श्रवण देउवा
धनगढी, ७ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएको हो । उनी मुख्यमन्त्रीको निवासको गाडी चलाउँदै आएका छन् । २३ वर्षीय उनलाई अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेनमा राखिएको मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिह ओलीले जानकारी दिए ।
मुख्यमन्त्री सेल्फ क्वारेन्टीनमा
सवारी चालकमा कोरोना देखिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टीनमा बस्नुभएको छ । ‘चालकमा कोरोना पुष्टि भएपछि उहाँ सेल्फ आईसोलेसनमा बस्नुभएको छ।’ मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिह ओलीले भन्नुभयो, ‘स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी छ ।’
२३ वर्षीय चालक मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउँदै आएका छन् । उनी मुख्यमन्त्रीसँगै उहाँको परिवार सहित केही दिन अघि डोटी पुगेर फर्किएका थिए । मुख्यमन्त्री सहित परिवारका अन्य सदस्य र सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्ने तयारी छ ।