काठमाडौं, ४ भदौ । बिहीबार सुनको मूल्य घटेको छ । यस दिन सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार भने सुनको मूल्य स्थिर रही सुन प्रतितोला एक लाख ४०० रुपैयाँ कायम रहेको थियो । यसैगरी चाँदीको मूल्य पनि यस दिन तोलामा ६० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६० रुपैयाँ तोकिएको छ । बिहीबार प्रति अउन्स एक हजार ९४७ बराबर डलरमा सुन किनबेच भइरहेको छ । बुधबार भने सुनको मूल्य प्रति अउन्स एक हजार ९९२ रुपैयाँमा खरिदबिक्री भएको थियो ।