प्रदेश २ मा ८८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रदेश २ मा ८८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

corona-test

जनकपुरधाम, ७, साउन । प्रदेश २ मा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाईनमा रहेर काम गरिरहेका सुरक्षाकर्मीहरु समेत संक्रमित भएका छन् । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले दिएको जानकारी अनुसार अहिलेसम्म यस प्रदेशका ८८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतसँगको खुल्ला सिमाका कारण सर्वसाधारणहरु चोरबाट हुँदै आउने गरेकोले लकडाउनको कार्यान्वयन गराउन खटेका सुरक्षाकर्मीहरुमा कोरोना फैलिदैं गएको छ । ८८ जना संक्रमित सुरक्षाकर्मी मध्ये ३८ जना निको भई डिस्चार्ज भईसकेको प्रहरी प्रवक्ता सिंहले बताउनुभयो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार अहिलेसम्ममा सबैभन्दा बढी पर्सा जिल्लामा २६ जना नेपाल प्रहरीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ जना निको भएर डिस्चार्ज भईसकेका छन् भने धनुषामा २२ जना संक्रमित मध्ये १५ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै बारामा १४ मध्ये ७, सप्तरीमा १३ मध्ये ५, रौतहटमा ५ मध्ये ४ र सर्लाहीमा ४ मध्ये २ जना निको भएर डिस्चार्ज भईसकेका छन् । सिरहा र महोत्तरीमा दुइ–दुई जना प्रहरी कर्मचारी संक्रमित भएको र उनीहरु सबै जना निको भएर डिस्चार्ज भईसकेका छन् ।

प्रवक्ता सिंहका अनुसार संक्रमित भएका सुरक्षाकर्मीहरुको सम्पर्कमा आएका र कोरोनाको लक्षण देखिएकाहरुको मात्र पीसीआर परिक्षण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);