राजनीतिक शिखरमा अडिन नसकेका दुई नेता, कमरेड पुष्पकमल दाहाल र डा.बाबुराम भट्टराई (भिडियो)

काठमाडौं, २५ साउन । भनिन्छ, राजनीतिमा सफलता चुम्न सजिलो छ, सफलताको शिखरमा टिकिरहन भने सजिलो छैन । यो दृष्टान्त नेपालको हरेक राजनीतिक नेतागणहरुमा लागू भएको छ । प्रायः सबै जसो नेतृत्व, राजनीतिक घटनाक्रमले उदाउने र सम्हालिन नपाउँदै अस्ताउन पुग्ने बस्तुगत तथ्य कसैबाट छिपेको छैन । समाजवाद, साम्यबाद जुनसुकै वादको नारा लिएर राजनीतिक उचाइ लिएतापनि त्यसको कार्यान्वयनकै क्रममा क्रमश असफलतातर्फ उन्मुख हँुदै अन्तत् ती नेता राजनीतिक रुपमै पतन हुँदै जाने क्रमले वास्तविक रुपमा भन्ने हो भने राजनीतिक सत्तालाई नै सधैंभरि अस्थिरतातर्फ धकेलिरहेको राजनीतिक विश्लेषकहरु बताउँछन ।

यसको पछिल्लो उदाहरणको रुपमा हेर्ने हो भने तत्कालिन नेकपा माओवादीसंग सम्बद्ध नेतालाई हेर्न सकिन्छ । जनयुद्ध नामक बिनासकारी आगोको ज्वालासंगै एकाएक राजनीतिक परिदृष्यमा देखिन पुगेका दुई महानायक कमरेड प्रचण्ड र डा. बावुराम भटृराई माथि भनिएजस्तै राजनीतिक दुर्दशाकै वरिपरि घेरिदै तिव्र रुपमा राजनीतिक मुलधारबाट विस्थापित हँुदै गएका पात्रको रुपमा परिचित छन् ।

कुनै समय यी दुबै राजनीतिज्ञहरुले बोलेका एक एक शव्द जनताका लागि कर्णप्रिय थिए । यी दुबैको नेतृत्व जनताको आस्था र भरोषाको केन्द्रको रुपमा स्थापित भएको पनि थियो । तर गलत विरासत र अस्थिर कार्यशैलीकै कारण डा. बाबुराम भटृराई पूर्व प्रधानमन्त्री भइसकेर पनि संसदीय एक पदको निमित्त नेपाली कांग्रेसको शरणमा पुग्नुपर्ने अवस्थामा पुगे । पार्टी बनाउने भत्काउने गर्दागर्देै अहिले जनतालाई थाहै छैन की, उनी कुन पार्टीका नेता हुन ? त्यही क्रम अहिलेका नेकपा अध्यक्ष प्रचण्डमा पनि देखिने खतरा तिव्र बन्दैछ ।

लामो समयदेखिको राजनीतिक खिचातानी अर्का अध्यक्ष प्रधानमन्त्री ओलीसंगको बढदै गएको अविश्वासको वातावरण प्रधानमन्त्री ओली इतरका झोले नेताहरुको गोलवन्दीले यी राजनीतिका हस्ती भनिएका नेतालाई पनि कुन राजनीतिक परिदृष्यमा देख्नु पर्ने हो । अडकलबाजी गर्न मुस्किल छ । राजनीति सत्ता स्वार्थको फोहोरी खेल होइन । जसरी पनि सत्ता प्राप्त गर्नु राजनीतिको उद्देश्य हुनु हुँदैन । राजनीतितमा स्पष्ट कार्यदिशा, निष्ठापूर्ण जीवनशैली,हरेक प्रकारले जनतासंग एकाकार हुनसक्ने वस्तुनिष्ठ मूल्य र मान्यता अनि कर्तव्य र जवाफदेहिता धेरै महत्वपूर्ण हुन्छ ।

यी सबै कुराको अभावसंगै विकसित भएको सत्ता स्वार्थको पराकाष्ठाले बन्दक बनाउँदै लगेको राजनीतक सत्तावृत्तलाई देख्दा कुनैपनि बेला कुनैपनि प्रकारको पार्टी अनिष्टको संकेत गरिरहेको छ । कहिले अध्यक्ष पदबाट राजिनामा दिने कहिले प्रधानमन्त्रीकै पद नभइ नहुने आदि कथनहरुबाट कम्युनिष्ट नेता प्रचण्ड दिनानुदिन कमजोर हुँदै गएको अवस्थासंगै उनको राजनीतिक धरातल गिर्दाे रुपमा रहेको प्रमाणित गर्दछ । अझ पार्टी फुटको कारक उनी नै भए भने यसले राजनीतिको मुलधारबाटै नेता प्रचण्डलाई किनारा लाग्ने अझ निश्चित देखिन्छ ।

यी सबै बस्तुगत अवस्थालाई नेता प्रचण्डले बुझिदिउन भन्ने आम उनका सुभेच्छुकहरुको सोचसंगै, उनले प्रधानमन्त्री ओलीसंगको सहकार्य सहितको विश्वासको वातावरण बनाउन सके भने राजनीतिमा देखिएको प्रदूषण केही हदसम्म भएपनि स्वच्छतातर्फ जाने थियो कि ? विदेशीहरुको इशारामा बन्ने विग्रीने गरेको सत्ताको खेल केही हदसम्म भएपनि नियन्त्रण हुन सक्थ्यो की ? शान्ति र विकास जनताको सपना केही हदसम्म भएपनि पुरा हुन सक्थ्यो की ?

अन्यथा कमजोर राजनीतिक सोच र अस्थिर कार्यशैलीले निम्त्याएउने भनेको बाबुराम पथ नै हो । विदेशीको आशामा होइन, आपसी विश्वासमा मात्र सत्ता पाउन सकिन्छ । अन्यथा पछुताउनुको विकल्प छैन ।

Leave a Reply