इंग्ल्यान्ड र आयरल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इंग्ल्यान्ड र आयरल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज

काठमाडौं, २० साउन । घरेलु टिम इंग्ल्यान्ड र आयरल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

एक खेल अगाबै सिरिज जितिसकेको इंग्ल्यान्ड सिरिज क्लिन स्विप गर्ने लक्ष्यसहित मैदान उत्रनेछ । अघिल्ला दुई खेलमा सहज जित निकालेको इंग्ल्यान्ड अन्तिम खेलमा समेत त्यहिँ नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै जिरिज २–० ले आफ्नो बनाएको थियो ।

यता, आयरल्याण्ड अन्तिम खेल जित्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । सिरिज जोगाउन असफल भएको आयरल्याण्ड सान्त्वना जित निकाल्न चाहन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);