अष्ट्रेलिया र वेस्ट इन्डिजबीचको टी–२० क्रिकेट स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

अष्ट्रेलिया र वेस्ट इन्डिजबीचको टी–२० क्रिकेट स्थगित

aus postpones t20

एजेन्सी , २० साउन । अष्ट्रेलिया र वेस्ट इन्डिजबीचको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृखला स्थगित भएको छ । अष्ट्रेलीयामा हुने तय भएको वेस्ट इन्डिजसंगको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृखला स्थगित गरिएको अष्ट्रेलिया क्रिकेटले मंगलबार जनाएको हो ।

अष्ट्रेलिया र वेस्ट इन्डिजबीच अक्टोबरको सुरुवातमा टी–ट्वान्टी क्रिकेट श्रृखला खेल्न तय भएको थियो । अष्ट्रेलियामा हुने भनिएको टी–ट्वान्टी विश्वकप क्रिकेटअघि दुई टोलीबीच उक्त श्रृखला हुने कार्यक्रम थियो । तर, कोरोनाका कारण टी–ट्वान्टी विश्वकप क्रिकेट एकवर्ष सरेपछि वेस्ट इन्डिजसंगको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृखला स्थगित गरिएको अष्ट्रेलिया क्रिकेटले जनाएको छ ।

यो श्रृखला स्थगित भएपछि दुवै टोलीका खेलाडीलाई इन्डियन प्रिमियर लिग आईपीएलखेल्न बाटो खुलेको छ । युएईमा आयोजना हुने आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);