एजेन्सी, १७ साउन । बेलायतले खेल हेर्नका लागि रंगशालामा दर्शक प्रवेश गराउने योजना दुई साताका लागि पछि सारेको छ । बेलायतले अगष्ट १ तारिखबाट खेल हेर्नका लागि दर्शकको उपस्थिती गराउने योजना बनाएको थियो । तर कोरोना भाइसरको महामारी अझै पनि कायमै रहेको भन्दै बेलायति प्रधानमन्त्री बोरिस जोनसनले तत्कालका लागि उक्त योजना २ साताका लागि पछि सार्नुभएको जनाइएको छ ।
दर्शकको उपस्थितीका लागि ओभर मैदानमा सरे र मिडिलसेक्स क्रिकेट क्लवविच मैत्रीपुर्ण खेल गराएर परिक्षण गरिएको थिो । जसमा २५ हजार दर्शक क्षमताको रंगशालामा एक हजार दर्शकलाई प्रवेश गराइएको थियो ।
यस्तै सेफिल्डमा भएको विश्व स्नुकर च्याम्पियनसिपमा पनि दर्शकको उपस्थिती गराइएको थियो । तर अब दर्शकको उपस्थितीलाई दुई सातासम्म बन्द गरिने भएको हो । कोरोना संक्रमण बढ्ने खतरा अझै बाँकी रहेको र त्यसलाई निर्मुल गरेर मात्र दर्शकलाई रंगशालामा प्रवेश गराउनुपर्ने देखिएको प्रधानमन्त्री जोनसनको भनाई छ ।
सरकारको नयाँ नियमपछि इंग्ल्याण्ड र आयरल्याण्डविच जारी एकदिवसिय क्रिकेट सिरीजपनि खाली रंगशालामा भएको छ ।