एजेन्सी, १५ साउन । इटालियन सिरी ‘ए’ को उपाधि जितिसकेको युभेन्टस काग्लियारीसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा काग्लियारीसँग २–० गोल अन्तरले युभेन्ट्स पराजित भएको हो ।
खेलको आठौं मिनेटमा लुका गागलियानोले घरेलु टोली काग्लियारीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा जियोवन्नी सिमोनले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए ।
दोस्रो हाफमा दुवैतर्फबाट थप गोल हुन नसकेपछि च्याम्पियन युभेन्ट्सले हारको नतिजा ब्यहोरेको हो । युरोपेली क्लब फुटबलमा सर्वाधिक गोलको दौडमा रहेका रोनाल्डोका लागि बुधबारको रात निराशाजनक रह्यो ।
अब सिरी ‘ए’ को अन्तिम चरणका खेलहरु बाँकी रहेका छन । यो हारपछि पनि युभेन्ट्स दोस्रो स्थानको इन्टर मिलान भन्दा चार अंकले अगाडी रहेको छ ।