सप्तरीमा बिहीबारदेखि निषेधाज्ञा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सप्तरीमा बिहीबारदेखि निषेधाज्ञा जारी

सप्तरी, ७ साउन । सप्तरी जिल्ला सुरक्षा समितिको वैठकले राजविराजमा बिहीबारबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । सप्तरीको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको संयोजकत्वमा बुधवार वसेको वैठकले राजविराज नगरपालिकामा बिहीबार विहान ५ वजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

अर्को आदेश नभएसम्मका लागि नगरपालिकामा यस्तो आदेश जारी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । राजविराजमा ट्राभल हिस्ट्रि नै नभएका ब्यक्तिमा समेत कोरोना संक्रमण देखिन थालेपछि समुदायमा कोरोना नफैलियोस भन्ने उदेश्यले यस्तो निर्णय गरिएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);