राष्ट्रपति भण्डारी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ ३० २०८१, बुधवार

राष्ट्रपति भण्डारी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता

bidhya-bhandari

काठमाडौं, २१ असार । पार्टीभित्र विवाद बढ्दै गएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामुहिक भेटवार्ता गर्नुभएको छ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँगको भेटवार्तापछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर आफु र राष्ट्रपति विरुद्ध षडयन्त्र भइरहेको भन्दै अभिव्यक्ति दिएपछि अध्यक्ष दाहाल सहित शीर्ष नेताहरुले आइतबार राष्ट्रपति भण्डारीसंग भेटवार्ता गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विरुद्ध अहाअभियोग लगाउने तयारी भएको र आफुलाई पनि हटाउने षडयन्त्र भएको मन्त्रीहरुलाई भनेपछि ओली इतरका नेताहरुले राष्ट्रपतिसंग भेटवार्ता गर्नुभएको हो । भेटमा नेताहरुले प्रधानमन्त्री ओलीका गलत कदम विरुद्ध साथ नदिन राष्ट्रपतिलाई आग्रह गर्दै महाअभियोग लगाउने हल्ला निराधार भएको र त्यसमा बिश्वास नगर्न आग्रह गरेको जनाइएको छ ।

उक्त हल्ला प्रधानमन्त्री निवास बालुवाटारबाटै फैलाइएको भन्दै तीनैजना नेताले राष्ट्रपतिको संस्थालाई आफूहरूले विवादमा नपार्ने प्रतिवद्धता जनाउनु भएको बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);