देशले राजनेता कहिले पाउने ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

देशले राजनेता कहिले पाउने ? (भिडियोसहित)

neta

सम्पादकीय
काठमाडौं, २१ असार । सत्तालिप्साले आक्रान्त नेपालको राजनीति निर्मल हुनसक्ने छांट देखिएको छैन । तीन वर्ष अघिसम्म नितान्त विपरीत ध्रुवमा स्थापित नेतृत्वको स्वार्थपूर्ण गठबन्धन स्थार्थकै कारण टुट्ने हो कि भन्ने अवस्थामा पुगेको छ । एकातिर प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो दुबै पद नछोड्ने चटृानी दृढता देखाइ रहनु भएको छ भने अर्काेतर्फ तीन जना भूतपूर्व प्रधानमन्त्रीसहितको विभिन्न शक्ति केन्द्रहरु, जसरी पनि उहाँलाई गलाउने सोचमा देखिएको छ ।

आज देश महिनौदेखि लकडाउनमा छ, व्यवसायीहरुको बिचल्ली भइरहेको छ । अर्थतन्त्र तहसनहस छ । यस्तो विषम अवस्थाको बारेमा कसैलाई चिन्ता छैन, कोही चिन्तित छैनन्, मात्र बहसको एजेण्डा बनेको छ, प्रधानमन्त्रीको कुर्सी । जनताको सशक्त समर्थन प्राप्त गरेको भएर होला, प्रधानमन्त्रीको उत्साह थपिएको छ । कुनै पनि हालतमा दवावमा नआउन प्रधानमन्त्रीलाई ठूलो दवाव बन्दै गएको छ । जनताले प्रधानमन्त्रीलाई दवाव दिनुको मुख्य कारण छिमेकी देशसंग सम्बन्धित एजेण्डाले, महत्व नपाउला कि भन्ने कारण प्रमुख देखिन्छ ।

नेपालको राजनीति यति सारो विकृत हुनुमा परिस्थितिवश जन्मिएका नेताहरु नै हो भन्ने कुरामा फेरी पनि विवाद रहेन । नीति बिनाको नेतृत्व सत्ता लिप्साको मात्र हुँदो रहेछ भन्ने कुरा फेरी एक पटक देखिएको छ । परिस्थितिले राजनीति कुहिराको काग बनेको छ । यदि यो अवस्थामा देशको राजनीतिले सही निकास पाउन सकेन भने, यो व्यवस्थाप्रति नै गम्भीर प्रश्न चिन्ह खडा हुनेछ । आफैले बनाएको संविधान अनुसार राष्ट्रपति चल्न नहुने र पदीय कुण्ठाकै आधारमा प्रधानमन्त्रीले काम गर्न नपाउने हो भने, देशको विकास सम्भव हुँदैन ।

प्रजातान्त्रिक व्यवस्थामा सबै निकायहरु कानुनले दिएको परिधि भित्र रहेर काम गर्ने स्वतन्त्रता राख्छन् । कानुनद्धारा निर्देशित कुनै पनि निकायहरुले कसैको व्यक्तिगत उत्कण्ठा र पूर्वाग्रूह पूरा गर्न सक्दैनन् । यसैलाई प्रजातन्त्रमा कानुनी राज मानिन्छ । आफू खुशी संविधानलाई व्याख्या गर्ने, माथिल्लो शीर्षस्थ तहमा ५ बुँदे र ६ बुँदे सम्झौताकै आधारमा पार्टी पंक्ति र देशलाई भन्दा आफ्नो महत्वकांक्षालाई प्राथमिकता दिएर शासन सत्ता चलाउने अभ्यासले गर्दा आज सिंगो देश प्रताडित छ ।

के हिजो सम्झौता गर्दा थाहा थिएन ? आफ्नो पार्टी पक्तिंमा विभिन्न निकाय छ, पार्टी चल्ने विधान छ, देशमा कानुन छ र कानुन अनुसार चल्नुपर्छ भनेर ? के यी कुरा थाहा नभएकै हो त नेतृत्वलाई ? लडाई गर्दैमा तीन वर्ष बित्यो । सायद, अबको केही महिनाहरु पनि नेतृत्वको लडाइमै बितायो भने दुई तिहाइ नजिकको बहुमत मल्ल युद्दकै लागि रहेछ, भनेर बुझ्नु पर्ने हुन्छ । वीपी, गणेशमान र मनमोहनपछि देशले खोजेको राजनेता नेपालले प्राप्त गर्न सकेन ।

शुरु शुरुमा प्रचण्डमा राजनेताको विशेषता देख्ने जनताहरु, उहाँको काम र गुटको पृष्ठपोषणबाट निराश छन् । राजनेतामा त्याग चहिन्छ, बलिदान चाहिन्छ । त्यागले नै नेल्शन मण्डेला बनेका हुन । सानोसानो सफलतामा राजनेता भजाउँन खोज्ने वर्तमान नेताहरुले के बुझ्नु जरुरत छ भने, त्याग, र समर्पणको उच्चतम विन्दु पार गरिसेकपछि मात्र त्यस्तो स्थानमा, जनताले त्यस्ता नेतालाई राजनेताको पगरी दिन सक्छन । देशमा धेरै नेता आए, शासन चलाए, गए ।

जनतामाथि शासन गर्ने नेताहरु त जनताले धेरै देखे तर नेतामाथि शासन गर्ने नेताको भने यतिखेर गम्भीर अभाव महशुस भएको छ । अहिलेको राजनीतिले त्यस्तै खालको नेताको अपेक्षा राखेको छ । कहीं नेता केपी ओली यसैतर्फ उन्मुख हुनु भएको त होइन ? राजनीतिक वृत्तमा अनेक अडकलबाजी हुन थालेको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);