मध्यरातमा आगलागी हुँदा मोरङमा एकै परिवारका ४ जनाको जलेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विराटनगर, ५ असोज । मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरमा आगलागी हुँदा जलेर चार जनाको ज्यान गएको छ। बुधबार राति घरमा सुतिरहेका बेला आगलागी हुँदा घरका सुतिरहेका चारै जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

ज्यान जानेमा घरमुली चन्द्रकुमार राई उनकी आमा गंगामाया राई, श्रीमती पार्वती राई, बहिनी बिष्णुमाया राई छन्। तीनजनाको शवको अवशेष भेटिएपनि चन्द्रबहादुरको शव भने नभेटिएको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव निरीक्षक राजकुमार बस्नेतले बताए।

राति करिब १ बजेतिर बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। २ बजेतिर आगो लागेको बारे स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। आगलागी भएको घर काठको भएको र घरमा डिजेल पेट्रोल तथा मट्टितेल बेच्ने गरिएकाले पनि आगो निभाउन समस्या भएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);