राजनीति
स्थानीय तहको निर्वाचनले ल्याएको खुसी
अप्सरा गौतम । १२ फाल्गुन, काठमाडौं । १९ वर्षसम्म निर्वाचन नहुँदा जनप्रतिनिधि विहिन बनेको स्थानीय निकाय अव नयाँ संरचनामा निर्वाचन हुने भएको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि जनतामा खुशीको लहर देखिन थालेको छ ।
युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डा. हदम अल कवारी र प्रधानमन्त्रीबीच भेटवार्ता
१२ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डाक्टर हदम अल कवारीबीच भेटावर्ता भएको हो ।
संविधान संशोधन गर्न खोजे संसद अबरोध हुन्छः नेता खनाल
१२ फागुन, झापा । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधानको भावना विपरित आएको संशोधन विधेयक फिर्ता लिन सरकारसँग आग्रह गर्नुभएको छ । झापाको विर्तामोडमा प्रेस चौतारीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले संविधान संशोधन विधेयक अघि बढे अवरोध गर्ने चेतावनी दिनुभयो ।
मधेस समस्या समाधान गर्न एमाले बाधकः सभापति देउवा
१२ फागुन, झापा । नेपाल काग्रेसका सभापति शेरबहादुर देउवाले मधेसको समस्या समाधान गर्न प्रमुख प्रतिपक्षी दल एमाले बाधक बनेको आरोप लगाउनुभएको छ ।
संविधान संशोधन विधेयक थाँती राख्न राप्रपाको राय
१२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयक यथास्थितीमा राखेर राजनीतिक समझदारी बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
मधेश बन्दले जनजिवन प्रभावित
श्याम गुप्ता
११ फागुन, बारा ।
सरकारले १९ वर्ष पछि निर्वाचनको मिति घोषणा गरेसँगै केही महिना यता देखि शान्त रहेको मध्य तराई मधेशको जिल्लाहरु अहिले पुन ः अशान्त हुँन थालेको छ । तराईका जनताका हक , अधिकार संविधानमा नसमेटिएको जनाउँदै असन्तुष्ट रहेका दलहरुले भने , बुधवार तराई बन्द गरेका हुँन् ।
एमालेको अभियानमा अबरोध गरे प्रतिवाद गर्ने चेतावनी
१० फाल्गुन, काठमाडौं । नेकपा एमालेले आफ्नो दलको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न आग्रह गरेको छ ।
राप्रपाको एकता महाधिवेशनः केन्द्रिय सदस्यको लागि मतदान जारी
१० फाल्गुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशन अन्तर्गन विहान ९ वजेदेखी सुरु भएको केन्द्रीय सदस्यका लागि मतदान वेलुका १० वजे सम्म चल्ने भएको छ ।
दलहरुबीच कुरा नमिलेपछि सूचना टाँस गरी संसद बैठक स्थगित
१० फाल्गुन, काठमाडौं । आजको लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।




