Tue, 19 Sep 2017

साल्ट ट्रेडिङ कर्पोरेशनले ५ वटा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्ने

काठमाडौं, २७ भदौ । साल्ट ट्रेडिङ कर्पोरेशनले देशका विभिन्न स्थानमा ५ वटा अत्याधुनिक पेट्रोल पम्प सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको छ ।

मंगलबार आफ्नो ५५ आैँ वार्षिकोत्वस मनाउँदै साल्ट ट्रेडिङ कर्पोरेशनले अत्याधुनिक पेट्रोल पम्प संचालनका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको हो । वार्षिकोत्सव समारोहमा बोल्दै साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले पाँच वटा अत्याधुनिक पेट्रोल पम्प सञ्चालनका लागि नेपाल आयल निगम समक्ष निवेदन दिएकोे बताइन् ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले सरकारको नीति नियममा रही आम उपभोक्तालाई सर्वसुलभ रूपमा दैनिक उपभोगका वस्तु बिक्री–वितरण गर्ने प्रतिबद्धता जनाए ।

वार्षिकोत्सवको अवसरमा कर्पोरेशनले हरेक वर्ष दिँदै आएको बालहितकारी पुरस्कार गरिब तथा अनाथ बालबालिका उद्धार केन्द्र बोटल हाउसलाई प्रदान गरेको छ ।

 

By:

1 week VIEWS: 24

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!