Mountain Television
Mon, 17 Dec 2018

हावाहरीबाट पीडित भएकालाई क्षतिपूर्ति दिन माग

कैलाली, २ जेठ । प्रदेश नम्बर ७ का प्रदेश सांसदहरुले हावाहरीबाट पीडित भएकालाई क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् ।

बुधबारको प्रदेशसभा बैठकमा सांसदहरुले हावाहुरी पीडितलाई राहत उपलब्ध गराउन माग गरेका हुन् । उनीहरुले पीडितलाई राहत दिन प्रदेश सरकारलाई विषेश प्याकेज ल्याउन माग गरेका छन् ।

सांसद रणबहादुर रावल र मालामती रानाले हावाहुरीका कारण प्रदेशमा करोडौंको क्षति हुँदा पनि सरकार मुखदर्शक बनेको आरोप लगाए ।

By:

7 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!